गोसाइँकुण्ड जाने तयारीमा हुनुहुन्छ ? ठगिनु होला है यस्तो छ मेलाका लागि दररेट

रसुवा । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ । मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो । भौगोलिक अवस्थिति र दूरीलाई आधार बनाएर दररेट निर्धारण गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समितिले चिया, खाना, तातोपानी, बास र घोडाचढीका लागि शुल्क निर्धारण गरेको छ । घट्टेखोलामा कालो चिया २०, दुध चिया २५, खाना २ सय २०, छाप्रो र थर्पुमा सुतेको २ सय २५, होटलमा सुतेको प्रतिव्यक्ति २ सय २५, होटलको कोठामा सुतेको ३ सय ५० तोकिएको छ ।

फेदी, दिउराली ढिम्सामा कालो चिया २५, दुध चिया ३०, खाना ३ सय, छाप्रो र थर्पुमा सुतेको ३ सय २५, होटलमा सुतेको प्रतिव्यक्ति ३ सय २५, होटलको कोठामा सुतेको ४ सय ७५ तोकिएको छ । चन्दनबारी तथा चोलाङपाटीमा कालो चिया ३०, दुध चिया ४५, खाना ३ सय ८५, छाप्रो र थर्पुमा सुतेको ४ सय, होटलमा सुतेको प्रतिव्यक्ति ४ सय, होटलको कोठामा सुतेको ५ सय ५० र तातोपानीको २५ रुपयाँ शुल्क पर्छ ।

लौरिविना तथा बुद्ध मन्दिरमा कालो चिया ३५, दुध चिया ५५, खाना ४ सय ९५, छाप्रो र थर्पुमा सुतेको ४ सय ५०, होटलमा सुतेको प्रतिव्यक्ति ४ सय ५०, होटलको कोठामा सुतेको ६ सय ५० र तातोपानीको ३० रुपयाँ शुल्क राखिएको समितिले जनाएको छ । गोसाइँकुण्डमा कालो चिया ४०, दुध चिया ६०, खाना ५ सय, छाप्रो र थर्पुमा सुतेको ४ सय ५०, होटलमा सुतेको प्रतिव्यक्ति ४ सय ५०, होटलको कोठामा सुतेको ६ सय ५० र तातोपानीको ३५ रुपयाँ शुल्क पर्छ ।

त्यसैगरी घोडाचढीका लागि घटे्टेखोला चन्दनबारी ३ हजार २ सय ५०, घटे्टेखोला बुद्ध मन्दिर ५ हजार ५ सय, घटे्टेखोला गोसाइँकुण्ड ६ हजार ५ सय, देउराली चोलाङपाटी २ हजार ७ सय ५०, देउराली बुद्ध मन्दिर ५ हजार, देउराली गोसाइँकुण्ड ६ हजार शुल्क तोकिएको छ ।चन्दनबारी बुद्ध मन्दिर ४ हजार ५ सय, चन्दनबारी गोसाइँकुण्ड ५ हजार, चोलाङपाटी बुद्ध मन्दिर ३ हजार ५ सय र चोलाङपाटी गोसाइँकुण्ड ४ हजार ५ सय रुपयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु