आयोजकको गल्तीले नेपालको उपविजेता पदक खोसियो !

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको एसियाली फाइनलमा नेपाल तेस्रो भयो । सिंगापुरले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो । पूरा २० ओभर नखेलेपछि नेपाल रनरेटमा कतारभन्दा पछि हुँदै तेस्रो भएको छ । तर, खेल सकिएपछि आयोजित पुरस्कार वितरण समारोहमा भने नेपाललाई दोस्रो भएको मेडल ग्रहणका लागि बोलाइयो र खेलाडीहरु लाइन लागेर मेडल ग्रहण गर्न गए ।
नेपाल पछि मेडल थाप्ने पालो थियो, विजेता बनेको सिंगापुरको । सिंगापुरले मेडल थाप्दै गर्दा खासखुस चल्यो । त्यो खासखुस अरु केही नभएर दोस्रो भएको कतारलाई नदिई तेस्रो भएको नेपाललाई दोस्रो भएको मेडल दिइएको प्रसंग थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु