सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट एसियाली छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ। ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

नेपालका लागि ओपनर कप्तान पारस खड्का १२ रन बनाएर आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए। नेपालको पालीमा दिपेन्द्रसिंह ऐरीले २३ रन जोड्दा सोमपाल कामीले ११ रन बनाए भने शरद भेषवाकर ७ रनमा आउट भएका थिए ।

नेपाललाई सस्तैमा समेट्न सिंगापुरका सिलाडोरे विजयकुमारले २५ रन खर्चेर ४ विकेट लिए । यस्तै भिनोद भास्करणले २ विकेट लिए ।
यो हारसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी(ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु