अस्ट्रेलियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु, तीन घाइते

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नी बाट स्नो माउन्टेन तर्फ जाँदै गरेको कार दुर्घटना हुँदा दुईजना नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मोनारो हाइवेमा भएको कार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन । कार सडकबाट करिब १ सय ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा पर्नेमा १९ देखि २२ वर्ष उमेर समूहका पाँच जना रहेका छन । उनीहरुको परिचय खुलेको छैन । उनीहरु स्नो माउन्टेनमा जानका लागि सिड्नीबाट हिंडेको र बाटोमा क्याम्पिंग गरेर विहानै त्यसतर्फ लागेको बुझिएको छ । क्याम्पिंगमा तीन वटा कारमा १५ जना स्नो माउन्टेनतर्फ गएका थिए ।

घाइतेहरुलाई तत्कालै क्यानबेरास्थित अस्पतालमा हेलिकोप्टरमार्फत लगिएको थियो । घाइते मध्यएकको कुमा अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको छन् भने दुईजना क्यानबेरा लगिएका व्यक्तिहरु पनि खतरामुक्त रहेको जनाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु