यस्तो छ एकादशीको महत्व ,के गर्ने एकादशीमा ?

वैदिक सनातन धर्मावलम्बीले अष्टमी, पूर्णिमा र औँसीजस्ता तिथिलाई बढी महत्त्व दिने गरेको पाइन्छ। वैष्णव सम्प्रदायको प्रभाव बढ्दै गएपछि सनातन समाजमा एकादशीको पनि महत्त्व बढेको बुझिन्छ। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (केराउ, चना, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिकमास परेको वर्ष दुईवटा थपिन्छन्। सामान्यतया मार्गशीर्ष (मंसिर)कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम एकादशी मानिन्छ।

विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।

वर्षभरि पर्ने एकादशी

उत्पत्तिका– मार्ग कृष्ण पक्ष

मोक्षदा– मार्ग शुक्ल पक्ष

सफला– पौष कृष्णपक्ष

पुत्रदा– पौष शुक्लपक्ष

षट्तिला– माघ कृष्ण पक्ष

जया वा भीमा– माघ शुक्ल पक्ष

विजया– फाल्गुण कृष्णपक्ष

आमलकी– फाल्गुण शुक्ल पक्ष

पापमोचनी– चैत्र कृष्ण पक्ष

कामदा– चैत्र शुक्ल पक्ष

बरुथिनी– वैशाख कृष्ण पक्ष

मोहिनी– वैशाख शुक्ल पक्ष

अपरा– जेष्ठ कृष्ण पक्ष

निर्जला– जेष्ठ शुक्ल पक्ष

योगिनी– आषाढ कृष्ण पक्ष

हरिशयनी– आषाढ शुक्ल पक्ष

कामिका– श्रावण कृष्णपक्ष

पुत्रदा– श्रावण शुक्ल पक्ष

अजा– भाद्र कृष्ण पक्ष

हरिपरिवर्तिनी– भाद्र शुक्ल पक्ष

इन्दिरा– आश्विन कृष्ण पक्ष

पापाङ्कुशा– आश्विन शुक्ल पक्ष

रमा– कार्तिक कृष्ण पक्ष

हरिबोधिनी– कार्तिक शुक्ल पक्ष

अधिक(मल)

Comments

comments

सम्बन्धित शिर्षकहरु