भाषा साहित्यको ‘कुम्भमेला’ बेलायत हुँदै,मालती पुरस्कार लील बहादुरलाई

नेत्र पण्डित – काठमाडौं । नेपाली भाषा साहित्यको कुम्भमेला अर्थात अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०१९ पटक बेलायत हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समिती तथा बेलायत च्याप्टरको आयोजनामा हुन लागेको छैटौं अन्तर्राष्ट्रिय सम्मेलन आउँदो अगष्ट ३ देखि ५ तारिख सम्म बेलायतमा सम्पन्न हुन लागेको हो ।

विश्वब्यापी रूपमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न देशवाट नेपाली साहित्य क्षेत्रमा योगदान गर्दै आउनुभएका व्यक्तित्वहरुको सहभागि रहनेछ । जहाँ २५ बन्दा बढि च्याप्टरहरु ,विभिन्न देशका ६० भन्दा बढि  साहित्यकार, समालोचक,अनेसास बोर्ड अफ ट्रष्टिका पदाधिकारीहरु र विश्लेषकहरुको उपस्थित रहने आयोजकले जनाएको छ ।

विशेष गरि सो कार्यक्रममा महामहिम राजदुत दुर्गा बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको छ भने विशेष आतिथ्यता डा जगमान गुरुङको रहनेछ । सो कार्यक्रमा कला साहित्य विधाका विभिन्न पुरस्कार बाँडिने छ । जस अन्तगत कला तर्फ मदनदास श्रेष्ठ, साहित्यतर्फ पवन चाम्लिङलाई, र सन्सकृति तर्फ डा जगमान गुरुङलाई पुरस्कार तथा सम्मान  दिईने छ ।यस्तै साहित्य अनुवादक सत्य प्रकाश तिवारी र डा रुपक श्रेष्ठलाई समेत उहांहरुको योगदानको कदर गरिने जनैईएको छ ।

वाशुदेव मालती पुरस्कार साहित्कार लीलाबहादुर क्षेत्री
त्यसै गरि यस वर्षको वाशुदेव मालती पुरस्कार साहित्कार, चर्चित कृति ‘बसाई” उपन्यासका लेखक लील बहादुर क्षेत्रीलाई दिईने भएको छ । सो पुरस्कारलाई डा दुर्गा दाहालले स्थापना गर्नु भएको थियो ।अन्तर्राष्ट्रिय साहित्यकार डा.माइकल हर्टलाई पनि सम्मान गरिने भएको छ । नेपाली साहित्यमा विद्यावारिधि गर्नुभएको हर्टलाई नेपाली साहित्यको ठूला अनुसन्धान कर्ताको रुपमा हेरिन्छ ।

कार्यक्रम विषय वस्तुमाथि छलफल, कार्यपत्र प्रस्तुत लगायतका विभिन्न कार्यक्रमहरु हुनेछ । विभिन्न देशवाट आउनु भएका सहभागिहरुले सो कार्यक्रममा विविध कार्यक्रमहरु राख्नु हुनेछ ।त्यसैगरि डा. कविता लामा लगायत विभिन्न व्यक्तिहरुले आ -आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सो कार्यक्रमवाट एक विशेष घोषणापत्र जारि हुनेछ । जसले नेपाली सहित्यको उत्थानको लागि महत्वपूर्ण भूमिका खेल्नेछ । विषयबस्तुको छलफलपछि आचार्य राजन शर्मा (भिमसेन सापकोटा) ले नेपाली सहित्यमा सकारात्मक लेखन तथा आचार संहिताको प्रयोग सम्बन्धी कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
यस कार्यक्रमले बेलायतमा साहित्यकारहरुलाई सम्मान गर्ने आफ्नो धोकामात्र पुरा नभई नेपाली सहित्यको उत्थानमा एउटा इटा समेत थपिने आयोजकका तर्फ बाट सुमल कुमार गुरुङले असनेपाल न्युजलाई बताउनु भएको छ । त्यसैगरि अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले सो कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।

कार्यक्रमलाई अर्थपूर्ण सफल बनाउन आफुले विभिन्न क्षेत्रवाट विशेष भूमिका खेलेको अनेसास केन्द्रिय महासचिव गणेश घिमिरेले बताउनु भयो । डायस्पोरिक नेपाली साहित्य लेखनको विशेष पर्याय बनेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म विश्वभरीका ७० वटा राष्ट्रहरुमा एकसय जति च्याप्टरहरु खडा गरेर भाषा साहित्यको अभियानमा रेकर्ड कायम गरेको जनाइएको छ । समाजले यसअघि पाँचवटा अन्तर्राष्ट्रिय सम्मेलन, दर्जनौं क्षेत्रीय सम्मेलन र २ वटा अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सम्पन्न गरिसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु