पारसको विस्फोटक ब्याटिङले कुवेतमाथि नेपालको सानदार जित,सिंगापुरविरुद्धको खेल निर्णायक हुने

काठमाडौं । कप्तान पारस खड्काले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नेपालले सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको तेस्रो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा विकेट ३ गुमाएर पूरा गर्‍यो । यस जितसँगै नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ ।

कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु कुवेतले पस्केको १ सय ४२ रनको लक्ष्य मात्र १५।५ ओभरमा २५ बल बाँकी छँदै पछ्यायो । यस क्रममा पारसले ११ चौका र १ छक्का हिर्काए । टी २० आईमा पारसको यो तेस्रो अर्धशतक हो।ज्ञानेन्द्र १३ बलमा १९ रन बनाएर आउट हुँदा नेपालले पहिलो विकेट गुमायो। तर पारसले दवस्रो विकेटका लागि शरद भेषावकरसँग अर्धशतकिय साझेदारी गर्द नेपालको जितको आधार तया पारेका थिए।

दवस्रो विकेटका लागि पारस र शरदले ७८ रनको साझेदारी गरे। टी २० आईमा नेपालले दोस्रो विकेटका लागि पहिलो अर्धशतकिय साझेदारी गरेको हो। यस्तै नेपालको यो तेस्रो उच्च साझेदारी हो।
त्यसअघि टस हारेर पहसले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर बनाएको हो। साता नम्वरमा ब्याटिङ गरेका कुवेती कप्तानी मुह्मद कासिफले नटआउट ४९ रन बनाए।

नेपाली स्पीनरद्वय सन्दीप लामिछाने र बस्नत रेग्मीले उत्कृष्ट प्रर्शन गर्दै ६ विकेट लिएका थिए। तर अन्तिम दुई ओभरमा कुवेतले ३० रन जोड्दै सम्मानजनक स्कोर बनाएको हो। कासिफले दशौँ विकेटका लागि इल्यास अहेमदसँग १.४ ओभरमा २९ रनको साझेदारी गरे।

नेपालका लागि बसन्त र सन्दीपले ३-३ विकेट लिए। ४ ओभरमा बसन्तले २० र सन्दीपले २१ रन खर्चे।
सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यद्यपि लगातार दुई खेलमा जीत निकाल्दै नेपालले छनोटको गणितिय सम्भावना कायम राखेको छ । छनोट हुन नेपालले बाँकी खेल जित्नै पर्ने दबाब छ ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु