के हाे भाइरल हेपाटाइटिस? कस्ता हुन्छन् यसका लक्षण ?

काठमाडौं – तपाईंमा भाइरल हेपाटाइटिसको संक्रमण त छैन? एक सामान्य परीक्षणले आफनो शरीरमा यो भाइरसको उपस्थितिबारे यकिन हुन्छ। धेरै नेपाली आफूलाई भाइरल हेपाटाइटिस छ वा छैन भन्ने जानकार छैनन्।

भाइरल हेपाटाइटिस नेपाल लगायत दक्षिण पूर्वी एसियामा सन् २०३० सम्म मुख्य जनस्वास्थ्य समस्याको रुपमा देखिने आंकलन गरिएको छ। यो जानकारी आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

यो समस्याबाट २ वर्षे शिशुदेखि ८५ वर्षे वृद्धसम्म पीडित रहेका त्रिवि शिक्षण अस्पतालका कलेजो रोग विशेषज्ञ डा.रविन हमाल बताउँछन्।

सन् २०१५ मा विश्वभर करिब ३२ करोड ५० लाख मानिस दीर्घकालिन हेपाटाइटिस पीडित रहेका छन्।

यी हुन् प्रारम्भिक लक्षण
मांसपेशी र जोर्नी दुख्नु
उच्च ज्वरो आउनु
टाउको दुख्नु
आँखा र छाला पहेँलो हुनु
आलश्यता बढ्नु
डिप्रेसन हुनु
जन्डिसको लक्षण देखिनु आदि।

कुनै पनि प्रकारले कलेजो सुन्निने समस्या हेपाटाइटिस हो। यो स्थिति आफैँमा सीमित हुन सक्छ वा फाइब्रोसिस, सिरोसिस वा कलेजोको क्यान्स पनि हुनसक्छ।

हेपाटाइटिस बी को भाइरसले एड्सको भाइरसले भन्दा सय गुणा बढी संक्रमण गर्ने लक्षण राख्छ।

एड्सले एक वर्षमा ज्यान गुमाउने बराबर मानिस हेपाटाइटिस बी ले एक दिनमा मर्ने गरेका अध्ययनले देखाएको छ।

खोप लगाएर हेपाटाइटिसबाट बी बाट बच्न सकिन्छ। तर, एड्सको हालसम्म जनस्तरमा उपलव्ध खोप छैन।

सम्बन्धित शिर्षकहरु