नेपाल विद्यार्थी संघ सोध्छन्– निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रदर्शनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए । निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु