सिड्नीमा “तीज फेस्टिभव २०१९ ” हुने

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले हरितालिका तीजको अवसरमा सिड्नीमा “तीज फेस्टिभव २०१९ ” नामक तीज कार्यक्रम गर्नेभएको छ। ३१ अगस्त २०१९ शनिबार सांझ ५ बजेबाट शुरुहुने सो कार्यक्रम रकडेल स्थित ईन्द्रेणि फङ्सन सेन्टरमा हुने बताईएको छ भने, सो कार्यक्रमको निम्ती नेपालबाट गायक नविन पौडेल तथा गायीका सितल शर्मा आउने भएकाछन।

यस वर्षको हरितालिका  तीजको यो अवसरमा आयोजकले सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा उपस्थिती भईदिनका लागि अनुरोध गरेको छ। सो कार्यक्रमको टिकट शुल्क ३५ डलर तोकिएको छ भने विस्तृत जानकारीको निम्ती  राज खनाल 0431 208 625,कृष्ण गैरे 0434 057 761,ईश्वर पोखरेल 0410 441 412,तथा सृजना खड्का 0451 309 134 मा फोन सम्पर्क गर्न सकिनेछ।

सो संस्थाले आफ्नो स्थापना कालदेखि परोपकारको निम्ती विभिन्न सांगीतिक कार्यक्रमहरु गर्दै आएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु