सकारात्मक सोच र तनाव व्यवस्थापन सीड्नीमा शिविर (फोटोफिचर)

अष्ट्रेलिया । अष्ट्रेलियाको ग्रानभिल स्थित नेपाली समुदायमा रचनात्मक जीवन, सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धि एक विशेष जीवन जागरण शिविर सम्पन्न भएको छ ।। सो कार्यक्रममा योग आर्चाय अर्थात सकारात्मक सोचका अभियन्ता आर्चाय राजन शर्मा तथा भीमसेन सापकोटाले उत्प्रेरणा सम्बन्धि प्रवचन, योग जागरण, रचनात्मक जीवन, सकारात्मक सोच तनाव व्यवस्थापन सम्बन्धि क्रियाकलापहरु गराउनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली समुदायका अग्रज प्रतिनिधी, अभिभावक विद्यार्थीहरुको सहभागिता रहेको थियो । छोटो समयमा नै तनावलाई नियन्त्रण गर्न सकिने योगको महामुद्रा देखि योगको विभिन्न सत्सङ,प्रयोगात्मक पक्षको अभ्यास गरिएको थियो ।  योगले व्यस्त जीवनलाई रचनात्मक,सकारात्मक जीवनको बाटो देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहयोग गर्ने सहभागिहरुले बताएका छन् ।

कार्यक्रममा योगले आफुलाई तनाव व्यस्थापन गर्न ठूलो सहयोग भएको र एउटा एउटै शिविरमा बस्दा पनि  ठूला अनुभूति भएको सहभागि सुजता बस्नेत केसी को बताउनु भयो । सो कार्यक्रमा सहभागि पण्डित भास्करराज ढुंगेलले यस्ता कार्यक्रमहरुले मानव चेतना मात्र जगाउने नभएर मानिस मानिसबीचको आत्मिय पनि जगाउँछ त्यसैले आर्चाय राजनशर्मा थाल्नु भएको यो विश्वव्यापी  अभियान हामीसबैको अभियान भएको बताउनु भयो ।  सो कार्यक्रमा सहभागि समुदायका अग्रज नेतृत्वकर्ता राम रुवालीले मानिसहरु आजभोली काम र अन्य व्यवसायमा व्यस्त रहेको बेला योगले ठूलो सहयोग गर्ने बताउनु भयो ।यसैगरि आयोजक मध्येका प्रमुख चिरन्जीवि तिवारीले व्यस्त दीनचार्याका विच यस्ता कार्यक्रम नियमित रुपले दोहोर्याउंनु पर्ने धारणा राख्नु भयो । “भौतिक उपलब्धि र सस्तो लोकप्रियााताको पछाडि हामीले जीवनको आनन्द र आरोग्य छुटाइरहेको अवस्थामा गुरु आचार्य राजन शर्मा द्वारा प्रवर्द्दन गरिएको आत्म जागरणको शिविर मानवलाई महा मानव बनाउंने अभियान हो ‘-भन्नु भयो ।

आचार्य ज्यु द्वारा विश्वका अन्य देशमा सन्चालन गरिएको शिविरबाट लाभ लिना तलको भिडीयो हेर्नु होला।

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

Comments

comments

सम्बन्धित शिर्षकहरु