कुन जिल्ला कुन पक्षलाई ? केन्द्रका मन्त्रीदेखि मुख्यमन्त्रीसम्म इन्चार्ज

काठमाडौं । पूर्वएमालेले भूगोलका ४१ र महानगरका ४ वटाको नेतृत्व पाएको छ । ती जिल्लामा ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेहथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिरहा, बारा, पर्सा, चितवन, मकवानपुर, नुवाकोट, रामेछाप, काभ्रे, काठमाडौं, लमजुङ, स्याङजा, मनाङ, नवलपरासी पूर्व, म्याग्दी, मुस्ताङ छन्। यस्तै, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, अर्घाखाँची, रूकुम पूर्व, बाँके, बर्दिया, दैलेख, जाजरकोट, मुगु, डोल्पा, दार्चुला, कञ्चनपुर, डोटी, बझाङ र बाजुरा जिल्ला तथा पोखरा, काठमाडौं, ललितपुर र वीरगन्ज महानगरको इन्चार्जको जिम्मा पूर्वएमाले नेताले पाएका छन्।

पूर्वमाओवादीतर्फका नेताले ३६ भूगोल र २ महानगरपालिकाको जिम्मा पाएका छन्। उसले धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर, सोलखुम्बु, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पाँचथर, इलाम, धनकुटा, भोजपुर, गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, कपिलवस्तु, गुल्मी, प्यूठान, दाङ, रोल्पा, सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला, सल्यान, रूकुम पश्चिम, बैतडी, डडेलधुरा, कैलाली, अछामसहित विराटनगर र भरतपुर महानगरमा इन्चार्जको जिम्मेवारी पाएको हो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

केन्द्रका मन्त्रीदेखि मुख्यमन्त्रीसम्म इन्चार्ज

संघीय सरकारका दुई मन्त्री, एक राज्यमन्त्रीसहित प्रदेशका मुख्यमन्त्री र मन्त्रीसम्मले पनि जिल्ला इन्चार्ज, सहइन्चार्ज बनेका छन्। दोहोरो जिम्मेवारी दिने विषयमा विवाद भएको थियो। साबिक दुवै पार्टीका इन्चार्ज÷सहइन्चार्जलाई जिम्मेवारी दिने मापदण्ड बनाइएपछि यस्तो अवस्था आएको हो। संघीय सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले काभ्रे, भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले स्याङ्जा जिल्ला इन्चार्ज अनि कृषि राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीमा सहइन्चार्जको जिम्मेवारी पाएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो पाँचथर, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल धादिङ, प्रदेश ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान तनहुँ जिल्ला इन्चार्ज तोकिएका छन्। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्लाका लागि सहइन्चार्जको जिम्मेवारी पाएका छन्।

भरतपुर र पोखराका मेयर पार्टीको महानगर कमिटीको इन्चार्ज तोकिएका छन्। भरतपुरमा रेणु दाहाल र पोखरामा मानबहादुर जीसी मेयर छन्। उदयपुरको त्रियुगाका मेयर बलदेव चौधरी जिल्ला इन्चार्ज, भक्तपुरको चाँगुनारायणका मेयर सोमप्रसाद मि श्र जिल्ला सहइन्चार्ज र दाङको घोराही उपमहानगरका मेयर नरुलाल चौधरीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु