यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सहइन्चार्ज,कुन जिल्लामा को ? (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भुगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो। नाम भने आजै बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु