भ्रष्टाचार मुद्दा लागेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारीले कार्यालयबाटै हामफालेर गरे आत्महत्या

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका छन । उनले त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हामफालेर आत्महत्या गरेका हुन ।

त्रिपुरेश्वरस्थित राधा भवनबाट परिसरमा बिहीबार दिउँसो उनी मृत भेटिएको प्रहरीले जनाएको छ । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही बिषयमा उनी वकिलसँग कुराकानी गर्न गएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु