धुर्मुस-सुन्तलीलाई पनि बुढेशकाल को रहर !

काठमाडौं । कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पनिले एउटा फेस एपबाट बनाइएको तस्वीर सार्वजनिक गरेका छन् । त्यसो त फेस एप समान्य ब्यक्तिदेखि कलाकार र नेताहरुसम्मले फोटो फिल्टर गरेर आफु बुढेसकालमा कस्तो देखिन्छु भनेर आफूलाई हेर्ने गरेका छन् । अनि दङ्ग परेर फोटो पनि शेयर गर्ने गरेका छन् । यस फेसएपको सबैभन्दा बढी कलाकारले प्रयोग गरेका छन् ।

दीपकराज गिरी दीपा श्री निरौला , माग्ने बुढा , जितु नेपाल लगायतका थुप्रै सेलिब्रेटीहरुले आफ्नो बुढ्यौली रुप सेयर गरेका छन् । आज एका बिहानै धुर्मुस सुन्तलीलाई पनि बुढेसकालको रहर लागेपछि कुन्जना घिमिरे (सुन्तली) ले तस्बिर फेसएपमा एडिट गरेर सार्वजनिक गरेकी हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु