एउटा परेवाको मूल्य साढे १५ करोड !

एजेन्सी । एउटा परेवाको मूल्य १५ करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ । हाम्रो टोलछिमेकमा सामान्यतया एकजोडी परेवाको ५ सय देखि १ हजार रुपैयाँ सम्म किनबेच हुन्छ । तर, युरोपको बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ ।

बीबीसीको समाचार अनुसार, अर्मान्डो नाम दिईएको एउटा परेवा १.२५ मिलियन यूरो अर्थात नेपाली रुपैयाँ १५ करोड, ५६ लाख ३० हजार ५६२ मा लिलामी भएको छ । तर, त्यो परेवा भने कुनै साधारण प्रकारको होइन होइन । त्यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको उपमा पाएको थियो ।

त्यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिदै आएको छ । हुन साढे १५ करोड मुल्य पर्ने परेवा त्यो मात्र पनि होइन, यसअघि पनि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । अहिलेको अर्मान्डो परेवाले त्यो रेकर्ड तोडेपछि यसको चर्चा भएको हो । त्यो परेवा २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको थियो । अर्मान्डो अहिले ५ वर्षको भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु