‘भानुलाई ‘ शहरको खबर

‘भानुलाई ‘  शहरको खबर

~आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) , १४ जुलाई ,२०१९ ।

निस्तब्ध रात
चिसो खोल ओढेर ताराहरुसङै ओर्लिन्छ ।
ननींदाएका सडक र शहर सँग सरोकार छैन उसलाई ।
सुकिलो मजदुरहरुको तनमा उर्जा भर्दै
विहानी ब्युझिन्छ अनी पेट्रोलको धुंवा फाल्दै
सडकमा लाम बद्द बन्छ ।
हतारमा शहर पसेको विहान
कंक्रिटको कोठाहरुमा खुम्चिएर
घामै नभेटी दिन गुजार्छ ।
हप्ते र महिने विलहरुमा विलाउंदै ,
धेरै पटक जालमा पर्छ र थोरै पटक अरुलाई पार्छ ।
पुंजीवाद र उपभोक्ता वादको शिकार बन्दै,
उर्जाहरु पोखिन्छन्,थोरै आफ्नो र धेरै अरुको जिजीविषाको लागि।
सपना ,कामना , वासना र रहरका पाङ्रामा गूढेर दिन
पुरै ढल्किन्छ ।
सधैंं झैं दोहोरिएर सकिएको दिनमा
फुल्दैनन्न नयाँं सपनाहरु ,
कोरिंदैनन युगले पढ्ने सुनौला अक्षरहरु ,
बन्दैनन् भावी पुस्ताका कोशे ढुङ्गाहरु ,
लखतरान दिन रोकिंदैनन् ,सन्ध्या बन्धन र साधनामा
थकानले जर्जर ,
सन्ध्याहरु अबेर रातसम्म डोरिन्छन्न्
घोलिन्छन् सपनाहरु प्याला -प्यालामा
मात्तिन्छन् पलहरु , नशा-नशामा
घोत्लिन्छन् जवानहरु सुरालयहरुमा र
अनि उड्छन् सपनाहरु धुवांको सर्कोमा ।
अवेर सम्म अनिंदो बनेको रात
गिलास भित्रको वाइनले, त्यहां छिरेका चिसा
बरफका ढिक्का खियाए झैं
लगातार खियाइ रहन्छ युवाहरुको जवानीलाई ।
पोहोर हिजो र अस्ति झैं
उ चाहंदैन , यहां फेरी बुद्द जन्मियोस्,
जान्नु छैन देवकोटा र भानु लाई
सुन्नु छैन सेक्सपियर र म्याक्सिम गोर्किलाई ।
चिन्नु पनि छैन कृष्ण , कविर वा चांडक्यलाई ।
ब्युंझाउनु छैन महापुरुषलाई । भोलीको दिन र रातलाई
यसैगरि दोहोर्याउंनु छ
त्यसैले यो रात आज पनि नशामा लमतन्न छ ।
नसोध भानु यो सुकिलो शहरको खबर
नसोध यो युगले यो शहर संङ के मागि रहेछ
शहर केवल सपना बांडदै मस्त र अस्तब्यस्त छ ।
त्यसैले फेरि जन्मनु छ भानु तिमी हरेक शहरमा
लेख्नु छ नयाँं युगको , बधुशिक्षा , भक्तमाला र प्रश्नोत्तरी
रुखका शाखाहरु जता-जता तन्किउंंन
जराहरु तिनले भुल्नै हुंदैन
श्वास चल्दैमा सिर्जना जन्माउंन
आंगन छाडेका तन्नेरी सन्ततिहरुलाई
उत्साहले जीवन सजाउंने नयाँं रामायण
पढाउंनु छ ।
~आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) , १४ जुलाई ,२०१९ ।

सम्बन्धित शिर्षकहरु