अस्ट्रेलियामा अनौठो अजिङ्गर भेटिएपछि…

अस्ट्रेलिया । अस्ट्रेलियामा एक अनौठो अजिङ्गर भेटिएको छ । अस्ट्रेलियाको राजमार्गमा तीनवटा आँखा भएको अजिङ्गर भेटिएको हो । तीनवटा आँखा भएको अजिङ्गर देख्दा धेरैले अनौठो मानेका छन् । तीनवटा आँखा भएको अजिङ्गरको फोटो सार्बजनिक भएसँगै उक्त फोटो निकै भाइरल भएको छ । अस्ट्रेलियाका बन्यजन्तु अधिकारीहरुल राजमार्गमा भेटिएको उक्त अजिङ्गरको फोटो सार्बजनिक गरेका हुन् ।

यो फोटो धेरैले शेयर गरेका छन् । यो सर्प भेटिएको केही हप्तामै मरेको बताइएको छ । उक्त सर्पको नाम मोन्टी पाइथन दिइएको थियो । पन्ध्र इन्च लामो रहेको र अनौठो टाउको भएको बताइएको छ । नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई अद्भुत भनेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु