सप्तकोसी नदीमा पानीका बहाव दुई लाख क्युसेकभन्दा माथि,२९ ढोका खुला

काठमाडौं । सप्तकोसी नदीमा पानीका बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेको छ। शुक्रबार साँझ ७ बजेको मापनअनुसार सप्तकोसीमा पानीको बहाव २ लाख १७ हजार ५१५ क्युसेक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोसी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका छन्। पानीको बहावमा निरन्तर बढेसँगै ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु