बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न खोज्दा एक जना बेपत्ता

काठमाडौं । बाढीले बगाउँदा कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका छन्। बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा पसेका विनोद चौधरी बेपत्ता भएका हुन् ।बेपत्ता भएका चौधरीको खोजी भइरहेको प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। त्यस्तै बाढीले महानगरीय प्रहरी प्रभाग कलंकी डुबानमा परेको छ। कलंकी खोलामा आएको बाढी बस्तीमा पसेको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु