एक दिनको झरीमै ढल्यो सिंहदरबारको पर्खाल

काठमाडौं । लगातारको वर्षाले सिहरदरबारको पर्खाल भत्किएको छ । सिंहदरबारको पूर्वतर्फको २५ मिटरभन्दा बढी पर्खाल भत्किएको हो । अन्य स्थानमा भन्दा केही कमजोर र पुरानो संरचना रहेको पर्खाल दिउँसो करिब १ः३० बजेको समयमा भत्किएको प्रहरले जनाएको छ ।

पर्खाल भत्किँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। पर्खाल भत्किँदा केही समय सवारी आवागमन रोकिए पनि हाल भने एकतर्फी रुपमा सडक सुचारु गरिएको छ ।

एक झम्को झरीमै सिंहदरबारको पर्खाल भत्तिएको भन्दै आलोचना हुन थालेको । देशको प्रमुख प्रशासनिक केन्द्रकै संरचना यति कमजोर बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । वर्षा तथा सिंहदरबार हाताभित्र माटो थुपारिएकोले पर्खाल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन् । अहिले त्यहाँ २ वटा एक्साभेटर र सुरक्षाकर्मीले भत्किएको संरचना पन्छाउने काम गरिरहेका छन्।

नेपाल सरकारको भवन निर्माण आचारसंहिताका अनुसार ४ फिटभन्दा बढी अग्लो पर्खाल बनाउन पाइँदैन । त्यहाँको पर्खाल भने करिब ८ फिटभन्दा अग्लो छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु