काठमाडौंको मूलपानीमा पर्खालले पुरिँदा तीन जनाको मृत्यु

काठमाडौं । राजधानीको मूलपानी घरको पर्खाल भत्किएर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बारा घर भइ कागेश्वर मनहरा नगरपालिकामा बसोवास गर्ने उनीहरु बन्दै गरेको पक्की घरसँग जोडेर टहरो बनाएर बसेका थिए । उनीहरुले टहरो बनाएकै स्थानमा घरको पर्खाल ढलेर च्यापिएको महानगरी प्रहरी वृत्त बौद्धले जनाएको छ ।

मृत्यु हुनेमा एक महिला एक पुरुष र एक बालक छन् । उनीहरुको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । एक जनाको शव निकालेर उपचारका लागि अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषित गरेका थिए । अन्य २ जनाको शव निकाल्न सकिएको छैन । उनीहरु यादव थरका भएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु

  • प्रधानमन्त्री ओलीले भने, यो सरकार म्यादी नै हो भनेरप्रधानमन्त्री ओलीले भने, यो सरकार म्यादी नै हो भनेर
    काठमाडौ. । प्रधानमन्त्री केपी ओलीले संसदीय निर्वाचन सम्पन्न नभएसम्म सरकार परिवर्तन नहुने दाबी गरेका छन् […]

  • प्रणय दिवसमा आयोजित सामूहिक विवाह पछि चुम्बन गर्दै एक दम्पत्ति । तस्बिरः […]

  • छ वर्षदेखि छोराको हत्यारालाई सजायँ दिनुपर्ने माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी वीर अस्पतालमा आमरण […]
  • पोखराका महिलाद्वारा ३० दलीय मोर्चाले गरेको बन्दको विरोध
    पुस २७ ।पोखराका महिला तथा आमा समूहले एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दको अवज्ञा गरेका छन […]

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि अभिवादन गर्दै […]
  • विमानस्थलमा आक्रमण, आठको मृत्यु
    कान्दाहार,  अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थल परिसरमा तालिवान आतङ्ककारीले […]