बाढी र पहिरोको वितण्डा :काठमाडौंमा ३ सहित देशभर १४ जनाको ज्यान गयो,कुन् जिल्लामा कति ?

काठमाडौं । बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण ११ भन्दा बढीको ज्यान गएको छ भने ८ भन्दा बढी बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा धेरै काठमाडौंको मूलपानीमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ ।

काठमाडौंमा चार जनाले ज्यान गुमाएका छन् भने एक जना वेपत्ता भएका छन् । काठमाडौंका मूलपानीमा एक घरको पर्खाल भत्कदाँ टहरामा बसिरहेका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । त्यसै ललितपुरमा एक जनाको ज्यान गएको छ । काठमाडौंको बल्खु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

त्यस्तैगरि पर्सा, भोजपुर, रामेछाप, सिन्धुलीमा १र१ जनागरि ४ जनाको ज्यान गएको छ । त्यस्तै काभेमा २ जनाको ज्यान गएको छ भने धादिङमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर गरेर ८ जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु