नेपाली विश्वविद्यालयको सर्टिफिकेट अफ्रिकामा पनि बिक्री

काठमाडौं । एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) लिएको भेटिएको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई-सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ) को नक्कली सर्टिफिकेट लिएको फेला परेको हो।

मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्। एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु