बेलायत र अमेरिकाको सम्बन्धमा खटपटः ट्रम्पको टीव्टले तरंग

एजेन्सी । बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । उनले राष्ट्रपति ट्रम्पलाई बेलायत र प्रधानमन्त्री टेरिजा मेप्रति अनादरपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । इमेल प्रकरणलाई लिएर राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि बेलायती राजदूत किम डारोचलाई निकै मूर्ख मान्छे भन्ने टिप्पणी गरेपछि विदेशमन्त्री हन्टको यस्तो कडा प्रतिक्रिया आएको होे । राष्ट्रपति ट्रम्पले गरेको एउटा टीव्टमा प्रधानमन्त्री मेलाई पनि होच्याईको थियो ।

बे्रक्जिट मामिलाई कसरी समाधान गर्ने भनेर आफुले सुझाएको तर प्रधानमन्त्री मेको मूर्खतापूर्ण बाटोले उनी असफल भएको भन्दै राष्ट्रपति ट्रम्पले टीव्ट गरेका थिए । यसैबीच मंगलबारका लागि तय दुई देशका व्यापार तथा वाणिज्य सचिवहरुको वार्ता पनि एक अर्काप्रतिको कडा टिप्पणीका कारण रद्ध भएको छ ।

यस अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका थिए । तर बेलायती प्रधानमन्त्री मे ले भने राजदूत किममाथि पूरै भरोसा रहेको प्रतिक्रिया दिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु