हिलोमाथि रातो कार्पेटको जात्राः प्रधानमन्त्रीको समृद्धि यात्रा ! बेथितिको पराकाष्ठा छर्लङ्गै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे ।

त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी कार्यक्रममा गरी ७० हजार ७७ जनशक्ति उत्पादन भएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। त्रिभुवन विश्वविद्यालयमा एकै वर्षमा ७० हजार जनशक्ति उत्पादन गरेका छन् । त्रिविका त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवसको अवसरमा आयोजित त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ग्रेस लिस्ट पारित गरेको हो ।

त्रिविका पाँचवटा अध्ययन संस्थानबाट ११ हजार ९ सय १२ जना र चारवटा संकायबाट ५८ हजार १ सय ६५ विद्यार्थी उत्तीर्ण भएका छन् ।व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट १ हजार ६ सय ६६ उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ९ सय ७२, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ७ सय १९, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट ५ सय ५ र वन विज्ञान अध्ययन संस्थानबाट २ सय ६४ उत्तीर्ण भएका हुन् ।

१ असार ०७५ देखि ०७६ जेठ मसान्तसम्म विभिन्न तहमा उत्तीर्ण भई ट्रान्सक्रिप्ट पाएका विद्यार्थीको ग्रेस लिस्ट पारित भएको हो ।वार्षिक दिवस बैठकमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले देशको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरूलाई पवित्र मन्दिरको रूपमा विकास गर्नका लागि बेथिति र अनियमितताको अन्त्य हुनुपर्ने बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु