भारतलाई हराउदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । भारतलाई हराउँदै र न्यूजिल्याण्ड आईसीसी विश्वकप क्रिकेट फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भयो ।

मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाएपछि खेलमा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित भएको थियो । भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।

रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो । सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए ।

१.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत पूरै दबाबमा आएको थियो । बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु