मेयर द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर चलाए

काठमाडौं । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भन्दै आलोचना भएपछि मेयर चौधरीले मंगलबार आफै उपस्थित भएर घरको पर्खाल भत्काएका हुन् । प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए । उनले पहिले आफ्नो घर परिसरको पर्खाल भत्काएर अभियान शुरु गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु