आर्थिक वृद्धि हुने क्षेत्रमा मात्रै लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ।नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुले रोजगारीको अवसर सृजना गर्ने तथा गरिवी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने स्पष्ट पारे।

Comments

comments

सम्बन्धित शिर्षकहरु