कोपा अमेरिकाको उपाधि ब्राजिललाई,१२ वर्षको उपाधिको खडेरी अन्त्य

एजेन्सी । कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो। सो बराबरी गोल पाओलो गुरेरोले पेनाल्टीमार्फत गरेका हुन्।
कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको छ । रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रियल जेससले एउटा गोल, एउटा एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको खेलको बाजी ब्राजिलले मार्‍यो । पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा जगाएका थिए । तर, जित भने दिलाउन सकेनन् ।

खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले जेससको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा पेरुले पेनाल्टी पायो । टियागो सिल्भाले डि एरियामा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई पाउलो गुएर्रोले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए ।

इन्ज्युरी समयमा जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा कार्लोस जाम्ब्रानोलाई फाउल गरेका कारण जेससले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ब्राजिल बाँकी २० मिनेट १० खेलाडीमा झरेको थियो ।

९०औं मिनेटमा जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पायो । पेनाल्टीलाई सब्स्टिच्युट खेलाडी रिचार्डलिसनले गोलमा परिणत गर्दै ब्राजिलको १२ वर्षको कोपा अमेरिकाको खडेरी अन्त्य गरेका हुन् । ब्राजिलको समग्रमा यो नवौं कोपा उपाधि हो । आफूले आयोजना गरेको हरेक कोपा जित्ने रेकर्ड पनि ब्राजिलले कायम राखेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु