विषादीयुक्त तरकारी जाँचको पूर्व निर्णय फिर्ता: सत्तारुढ सांसदकै प्रश्न,‘सरकार भारतसामु झुकेकै हो ?’

काठमाडौं । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए । सहभागी एक सांसदका अनुसार सत्तारुढ दलकै नेता र सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु