अर्जेन्टिना कोपा अमेरिका फुटबलमा तेस्रो,शान्त स्वभावका मेस्सीलाई १४ वर्षपछि रेडकार्ड

एजेन्सी – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए।

चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा डिबलाले गोल गरेपछि अर्जेन्टिना २–० ले अग्रता लियो। तर, खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा समेटियो।

खेलको ३७ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो। लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो । कोपा अमेरिकाको उपाधिका लागि भने आयोजक ब्राजिल र पेरुबीच नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे प्रतिस्पर्धा हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु