२०१९-२०२१ का लागि एनआरएन अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित

असनेपालन्युज, सिड्नी । शनिवार सम्पन्न गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको चुनावबाट केशव कँडेल  अध्यक्ष पदमा निर्वाचित भएका छन् । आफ्ना नजिकका प्रतिस्पर्धी दिनेश पोखरेललाई ३९१ मत अन्तरले पराजित गर्दै ४१४८  मत ल्याएर उनी सन् २०१९-२१ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

डा. ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै महासचिव पदमा नियुक्त भएका छन् भने सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् । सबैजसो कँडेल प्यानलमा रहेका उम्म्ेदवाहरू राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा निर्वाचित हुन सफल भएका छन् ।

यसैगरी राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर आईसीसी सदस्यमा निर्वाचित भएका छन् ।

यसपालिको निर्वाचनमा उम्मेदवारहरूमध्ये कसैलार्इ पनि भोट नहाल्ने विकल्प पनि राखिएको थियो । यस चुनावमा ४६१ ले अध्यक्षमा, ७३७ ले महासचिव, ८०३ सचिव र ८४९ जनाले नो भोटमा मतदान गरेका थिए । यति ठुलो संख्यामा नो भोटमा मत अाउनुले मतदाताहरू उम्मेदवारहरूको उम्मेदवारी प्रति असन्तुष्ट रहेको होकि भन्ने प्रश्न उब्जाएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु