‘मास्क नलगाएर पनि हिँड्न सकिने अवस्था छ,सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थाले’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अताल्लिन थालेको बताएका छन् । पूर्व नयाँ शक्ति पार्टी नेपालका नेताहरुलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको बताएका हुन् ।

उनले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरेका छन् । ओलीले सरकारको विरोध गर्नकै लागि सम्झेर केहीले मास्क लगाउन थालेको बताएका छन्। उनले भने, ‘मास्क लगाउनुपर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन्, सरकारको विरोधका लागि। मेरो शुभकामना छ, मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ। मेरो रिसले भए पनि मास्क लगाइदिनुस्।’

यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’ प्रधानमन्त्री ओलीले केही दिनअघि आफू प्रधानमन्त्री हुँदा आधा मानिसले मास्क लगाउने गरेको तर, हटेको दाबी गरेका थिए, जसको चर्को आलोचना भएको थियो । उनले मुलबाटो मात्र पिच गर्दा सहायक सडकहरुबाट धुलो आउने गरेको भन्दै सिंगो काडमाडौैं उपत्यकालाई कालोपत्रमय बनाउन जरुरी रहेको बताएका छन् ।

कम्युनिष्ट आन्दोलनभन्दा बाहिर बाबुरामको बौद्धिकताले काम गर्दैन् : प्रचण्ड

डा. बाबुराम भट्टराईको बौद्धिकता बारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गरेका छन् । प्रचण्डले बाबुरामको बौद्धिकताले सकारात्मक परिणाम नल्याएको भन्दै बाबुरामको बौद्धिकता कम्युनिष्ट आन्दोलनमा मात्रै हुने टिप्पणी गरे ।

डा. बाबुराम भट्टराई संयोजक रहेको समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले बाबुरामको बौद्धिकताले कम्युनिष्ट आन्दोलन भित्र मात्रै अवसर पाउने बताए । ‘बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणाम दिएको देखिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनसँग जोडिएर मात्र त्यसको महत्व हुने हो।’प्रचण्डले बाबुरामलाई नेकपामा आएर बौद्धिकताको सदुपयोग गर्न आग्रह गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु