उच्च तहका नेताले पार्टी छाडेपछि बाबुरामको आक्रोश-‘सत्ताको रस चुस्न जानेको भलो होस् !’

काठमाडौं । तत्कालिन नयाँ शक्तिका उच्च तहका पार्टी छाडेपछि समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराई आक्रोशित भएका छन् । उच्च तहका नेताहरू शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिरहेकै बेला भट्टराईले सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका हुन् ।

शुक्रवार पुर्वविज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला, देवेन्द्र पराजुली, पर्वतवाट संविधानसभामा प्रतिनिधित्व गरेका गुणाखर बस्याल, मनु हुमागाई नेकपामा प्रवेश गर्ने तयारी भईरहेका बेला भट्टराईको आक्रोश बाहिरिएको हो ।

उनले भनेका छन् – यतिवेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ!डनहरू,व्यापारीहरू,क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन्!सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसंग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन्!भलो होस् !

Comments

comments

सम्बन्धित शिर्षकहरु