विवाह नगरी ‘छोरी’ जन्माइन् चर्चित नायिकाले, भन्छिन्-मलाई समस्या छैन

काठमाडौं । एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर चर्चा पाइरहेको छ । अववाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने चोच बनाएको उनले बताएकी छन् ।

नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छन् । प्रेमी गोवामा भएकैले आफू बारम्बार गोवा आउजाउ गर्ने गरेको उनले स्पष्ट गरिन् । छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने हामीले बताइन् ।

एक प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् ।यसबारे मलाई कसैले सोधेन र बताइन् । अहिले सोधियो बताएँ ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको भनाइ छ । ‘विवाह नगरीकन सन्तान जन्माउनु स्वाभाविक हो’, उनले भनेकी छन्, ‘मलाई यसमा कुनै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ ।

यो पनि मेरो निजी जीवनको सवाल हो । । ‘देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता चलचित्रमा बोल्ड अभिनय गरिसेककी माही दर्शकले रुचाएकी नायिका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु