आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको आईफा अवार्ड रोक्न निर्देशन दिएको छ । भदौ दोस्रो साताका लागि आयोजना हुने भनिएको अवार्ड रोक्न समितिले निर्देशन दिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए ।

मंगलबार बसेको समितिको बैठकले विवादमा तानिएको आईफा अवार्डको कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिमा उपस्थित सबै सांसदहरुले अवार्डको विपक्षमा भनाई राखेका थिए ।

सांसदहरु यसको विरोधमा उत्रिएपछि सभापतिले अवार्ड रोक्न निर्देशन दिएको सचिव दुराले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु