नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्चाचर्की

काठमाडौं । बजेट बिनियोजनको विषयलाई लिएर सत्तारुढ नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । नयाँ बानेश्वरमा सोमबार बसेको दलको बैठकमा बजेट विनियोजन गर्दा मन्त्रीहरू आफ्नो निर्वाचन केन्द्रमा मात्र केन्द्रित भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरे ।

भीम रावल, लालबहादुर थापालगायतले बजेट विनियोजन विभेदकारी रहेको, गुटगत मानसिकताले हेरिएको भन्दै सरकारको आलोचना गरे । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले देशको मन्त्रीभन्दा पनि निर्वाचन क्षेत्रको मन्त्री भएर बजेट विनियोजन गरेको सांसद थापाले भनाइ राखेपछि केहीबेर चर्काचर्की परेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु