विराट कोहलीको अर्को रेकर्ड : सचिन तेन्दुलकर र ब्रायन लारालाई उछिने

एजेन्सी । भारतीय कप्तान विराट कोहलीले अन्तरराष्ट्रिय खेलका सबैभन्दा कम पारीमाा २० रन बनाउने पहिलो क्रिकेटर भएका छन्। उनले विश्वकप अन्तर्गत बिहीबार वेस्टइन्डिजविरूद्ध म्यानचेस्टरमा खेलिएको खेलमा ३७ रन बनाउनेबित्तिकै यो उपलब्धि हासिल गरे। कोहलीले यो रेकर्ड बनाउँदा सचिन तेन्दुलकर र वेस्टइन्डिजका पूर्व कप्तान ब्रायन लारालाई पनि पछि पारेका छन्।

सचिन र लाराले ४५७ पारीमा २० हजार रन पुरा गरेका थिए। कोहलीले ४१७ पारीमा यो आँकडा भेट्टाए। विराट २० हजार रन बनाउने १२औँ ब्याट्सम्यान हुन्। कोहलीले टेस्टमा १३१, वानडेमा २२४ र टी-२० मा ६२ पारी खेलेका छन् विश्वकप अन्तर्गत १६ जुनमा पाकिस्तानविरूद्धको खेलमा विराटले ७७ रन बनाएका थिए। यस क्रममा उनलले अन्तर्राष्ट्रिय क्रिकेट व्यक्तिगत ११ हजार वानडे रन पूरा गरेका थिए। त्यसैगरी सबैभन्दा तीव्र गतिमा यतिधेरै रन बनाउने नयाँ रेकर्ड पनि उनले त्यहीँ बनाए। विराटले वानडे करिअरको २२२ औँ पारीमा यति रन बनाएका हुन्। पछिल्लो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो। उनले २७६ पारीमा ११ हजार रन पुरा गरेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु