सामुदायिक विद्यालयको नतिजा खस्कियो,यस्तो छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सामुदायिक भन्दा निजीतर्फका धेरै परीक्षार्थीले ए प्लस ल्याएर उर्तिण भएका छन् । नतिजाबाट सामूदायिक विद्यालयको पठनपाठन कमजोर रहेको देखिन्छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एसईईको नजितामा सामुदायिक विद्यालय कमजोर देखिएको छ। राज्यको ठूलो रकम लगानी भएको सामुदायिक विद्यालय तर्फका विद्यार्थीको उत्तीर्ण प्रतिशत निजी विद्यालयको भन्दा कमजोर देखिएको हो।

बोर्डले बिहीबार प्रकाशित गरेको नतिजाअनुसार सामुदायिकतर्फे २ हजार ७ सय ९२ जनाले जीपीए ए प्लस ल्याउदा निजीतर्फका १४ हजार ७ सय ८८ विद्यार्थीले ल्याउन सफल भएका छन् । त्यस्तै जीपीए ए ल्याउने सामुदायिकतर्फ ११ हजार २ सय २३ हुँदा निजीतर्फका ३९ हजार ९ सय १४ पुगेका छन् ।

त्यसैगरी बी प्लस ल्याउने सामुदायिकतर्फ २६ हजार ३ सय ६६ र निजीतर्फ ३७ हजार ३ सय ७५ जना रहेका छन् । त्यस्तै जीपीए बी ल्याएर पास हुने सामुदायिकतर्फ ५३ हजार ७ सय ३० र निजीतर्फ २२ हजार ८ सय ३४ जना छन् ।

त्यसैगरी सी प्लस ल्याउने सामुदायिक विद्यालयतर्फ ८७ हजार ४४२ र निजीतर्फ १०हजार ७६५ रहेका छन् । सी ल्याउने सामुदायिकतर्फ ९० हजार ४४५ छन् भने निजीतर्फ ४ हजार ८६२ छन् । यसैगरी डी प्लस ल्याउने सामुदायिकतर्फ ४२हजार ३६३ छन् भने निजीतर्फ १४७८ छन् । यसैगरी डी ल्याउने सामुदायिकतर्फ ४२९६ छन् भने निजीतर्फ १३३ जना रहेका छन् । यसैगरी जीपीए ई ल्याउने सामुदायिक तर्फ ६६७३ जना छन् भने निजीतर्फ १ हजार ७९६ छन् । राम्रो ग्रेड ल्याउने अधिकांश विद्यार्थी निजी विद्यालयबाट परेका छन्।

देशभरबाट कुल चार लाख ७५ हजार तीन परीक्षार्थी मध्ये एक लाख ३३ हजार नौ सय ४५ निजी र तीन लाख २५ हजार तीन सय ३० सामुदायिक विद्यालयका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ए प्लस विशिष्ट श्रेणीमा १७ हजार पाँच सय ८० विद्यार्थी पास भएका छन् । भने ए ग्रेडमा ५१ हजार तीन सय ३७ विद्यार्थी उत्तीर्णको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै बी प्लस ग्रेडमा ६३ हजार सात सय ४१, बी ग्रेडमा ७६ हजार पाँच सय ६४ सी प्लस ग्रेडमा ९८ हजार दुई सय सात र सी ग्रेडमा ९५ हनार तीन सय सात विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै डी ग्रेडमा ४३ हजार आठ सय ४१ विद्यार्थी पास भएका छन् भने इ ग्रेडमा ४ हजार चार सय २९ जना उत्तीर्ण भएका छन् । १९९० देखि सुरु भएको एसएलसी परीक्षालाई २०७१ सालदेखि प्राविधि धारतर्फ ग्रेडिङ प्रणालीमा लगिएको थियो भने सामान्य धारतर्फ २०७२ देखि सुरु गरिएको हो ।

अंकको साटो ग्रेड प्रणालीमा आधारित हुने यो प्रणालीमा ९० देखि १०० प्रतिशत अंक प्राप्त गर्ने विद्यार्थीले ए प्लस विशिष्ट श्रेणी, ८० देखि ८९ प्रतिशत पाउने विद्यार्थीले ए (उत्कृष्ट) पाउँछ ।

त्यसै गरी ६० देखि ७९ प्रतिशत पाउने विद्यार्थीले बी (धेरै राम्रो) पाउँछ भने ४० देखि ५९ प्रतिशत पाउने विद्यार्थीले सी (राम्रो) ग्रेड पाउँछ । २५ देखि ३९ प्रतिशत ल्याउनेलाई डी (कमजोर) र २५ भन्दा कम प्रतिशत ल्याउनेलाई ई (धेरै कमजोर) उल्लेख भएको मार्कसिट पाउनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु