कति प्रतिशत ल्याउँदा जीपिए कति,डी प्लस भनेको पास हो कि फेल ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे हाे । विसं २०७५ चैत १० गतेदेखि २१ सम्म परीक्षा भएको थियो। यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । एसइईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ। यसका लागि अंग्रेजीमा एसइई टाइप गरेर स्पेस दिँदै आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ।

एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ

कति प्रतिशत ल्याउँदा जीपिए कति हुन्छ

९० वा सो भन्दा माथि ए प्लस ४ जीपीए
८० देखि ९० को बीचमा ए जीपीए ३.६
७० देखि ८० को बीचमा बी प्लस जीपीए ३.२
६० देखि ७० को बीचमा बी जीपीए २.८
५० देखि ६० को बीचमा सी प्लस जीपीए २.४
४० देखि ५० को बीचमा सी जीपीए २
३० देखि ४० को बीचमा डी प्लस जीपीए १.६
२० देखि ३० को बीचमा डी जीपीए १.२
२० भन्दा कम अंक ल्याउने ई जीपीए ०.८

ग्रेडिङ प्रणाली मा पास अथवा फेल भन्ने हुदैन । यस प्रणाली अनुसार १०० मा २ अङ्क ल्याउनेलाई समेत (E) ग्रेडमा सुचिकृत गरिन्छ । त्यसको अर्थ मिहिनेत पुगेन/एकदमै अपर्याप्त भन्ने हुन्छ तर फेल भनेर भनिदैन । त्यसैले जम्मा २ नम्बर ल्याउनेले पनि निर्धक्कका साथ स्नातक (ब्याचलर) तहमा भर्ना हुन पाइन्छ । तर कुनै कुनै बिषय जस्तै इन्जिनियरिङ/मेडिकल पढ्न भने नपाइने हुन सक्छ । कुन ग्रेड ल्याउनेले के पढ्न पाउने भन्ने बिषयमा शिक्षा मन्त्रालयले बनाएको न्यूनतम मापदण्ड अनुसार बिश्वबिद्धालयले भर्ना लिने गर्दछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु