प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार दिइएको छः मन्त्री पण्डित

काठमाडौं,असार १० -संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेका सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दाबी गरेका छन् । मन्त्री पण्डितले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि आग्रह गरे । संविधानले तीनवटै तहको सरकारलाई सहकार्यमा अघि बढ्न निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाइ थियो ।

मंगलबार ललितपुर महानगरपालिकाको चौथो नगरसभामा बोल्दै मन्त्री पण्डितले पर्याप्त अधिकार दिइएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई त्यसको भरपुर उपयोग गर्न पनि सचेत गराए । उनले संघीय सरकार, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमानदारितासाथ कार्यान्वयनमा लैजान प्रतिबद्ध गरेकाे पनि बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु