विप्लव बन्दको प्रभाव सामान्य:उपत्यकामा जामको सास्ती, दिनभर कहाँ के भयो ?

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको विरोधमा आह्वान गरेको बन्द सफल बनाउन हिँडेका विप्वलका ७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको जानकारी दिए । राजधानीको सुकेधारामा पर्चासहित भागिराज राई पक्राउ परेका डीआईजी पोखरेलले जानकारी दिए । बा२ज ३८१७ नम्बरको ट्याक्सीसहित पक्राउ परेका राईका साथबाट चन्द असुली गर्ने रसिद, अखिल क्रान्तिकारी यातायत मजदुर संघको सदस्य रसिद ५० थान, सोही संघको पर्चा ३ सय थानसमेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएकामा विनोद सोनार, छविलाल घर्तीमगर, गम्भीर शेर्पाली, विवेक विक, दीर्घराज महत छन् ।

बन्द सफल बनाउन विप्लव कार्यकर्ताले देशका विभिनन स्थानमा शंकास्पद वस्तु राखेका छन् । देशभर ९ वटा होक्स बम (तर्साउन राखिएको वस्तु), २० ठाउँमा शंकास्पद वस्तु, ३ वटा ग्यास सिलिण्डर बम, एउटा सुतली बम, ४ वटा प्रेसर कुकर बम, १ ठाउँमा आगजनी, ४ ठाउँमा तोडफोडलगायत १ ठाउँमा टाइम बम र १ ठाउँमा आरसी आइडी बम फेला परेको नेपाल प्रहरीका केन्द्र प्रवक्ता पोखरेलले जानकारी दिए ।

होक्स बम प्युठान, बाग्लुङ, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बुमा गरी ९ वटा फेला परेको हो । शंकास्पद वस्तु बझाङ, बर्दिया, मुस्ताङ, रामेछाप, रुपन्देही, ललितपुर र स्याङ्जामा गरी २० ठाउँमा फेला परेको प्रहरी प्रवक्ता पोखरेलले जानएको छ ।

त्यस्तै बझाङमा विप्लव समूहले आगजनी र तोडफोड गरेको छ । यसैगरी बेनी जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बाँदुरजुंगेभिरमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय पार्दा प्रेसरकुकर भित्र माटो भेटिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु