सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । यस अघि आइतबार, सोमबार सुन प्रति तोलमा ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । तर आज (मंगलबार) सुन प्रति तोलामा ५ सय बढेको हो । आइतबार, सोमबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज भने सुनको मूल्यमा नयाँ रेकर्ड कायम गर्दै प्रतितोला सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, आज (मंगलबार) पनि फेरि प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । आज (मंगलबार) चाँदीको भाउ स्थिर रहेको छ । आइतबार, सोमबार चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज पनि फेरि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्ध तथा अमेरिकी फेडरल बैंकले आर्थिक मन्दीका कारण ब्याजदर कटौती गर्ने निर्णय गर्दा विश्व अर्थतन्त्रमा प्रभाव पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु