शंखेकिराका कारण २६ वटा रेलको सेवा बन्द, हजारौ यात्री प्रभावित

एजेन्सी । जापानको नियम कानुन पनि निकै कडा छ । त्यहाका मानिसहरुको एक सेकेन्ड समय पनि धेरै नै महत्वपुर्ण हुन्छ । जापानका कम्पनीमा कर्मचारीहरु ढिलो आएमा पनि माफी मागि हाल्नु पर्दछ । यसै कारण जापनमा बेलबेलामा बिभिन्न रोचक घटनाहरु पनि घटिरहेको हुन्छ । यसपटक भने दक्षिणी जापानमा बिजुली आपूर्ती ठप्प हुँदा त्यहाको रेल प्रभाबित भएको छ । बिजुली आपूर्ती ठप्प हुँदा करिब २६ रेलको १२ हजार यात्री प्रभावित भएका छन् ।

अनुसन्धान आदेशपछी एक रिपोर्ट जारी गर्दै यसका लागि शंखेकिरा जिम्मेवार भएको बताइयो । शंखेकिराका कारण २६ रेल प्रभावित भएको एक अनौठो घटना भएको बताइएको छ । उक्त घटनाले बिजुली आपूर्ती ठप्प भएका कारण क्युशु रेलवे कर्पोरेशनले बाध्यतावश आफ्ना २६ वटा रेलको सेवा बन्द गर्नुपर्यो । कम्पनीका एक प्रवक्ताले बिजुली आपूर्तीमा आएको यो बाधाका लागि शंखेकिरा जिम्मेवार भएको भन्दै भने सुरुमा हामीलाई लागेको थियो कि पावर सिस्टमभित्र जिउँदो किरा छ तर पछि थाहा भयो कि त्यहाँ मरेको शंखे किरा रहेछ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु