राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता

काठमाडौं । सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयक चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्।
गत बैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको सो विधेयक काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका गुठियारहरुले आन्दोलन गरेपछि बाध्य भएर सरकारले गत असार ३ गते गुठी विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।

असार ४ गते काठमाडौंको माईतीघर मण्डलामा आयोजित विशाल जनप्रदर्शनपछि आत्तिएको सरकारले तत्कालै सो विधेयक फिर्ता लिने प्रक्रिया सुरु गरेको थियो ।

सो विधेयक मंगलबार नै सर्वसम्मतले फिर्ता भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु