अस्ट्रेलियाका नेपालीको सहयोगले नुवाकोटमा विद्यालय बन्दै ,’एनएए’ द्वारा यसरी अर्थ संकलन

असनेपालन्यु सिड्नी. अस्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एन ए ए) ले नेपालमा विद्यालय भवन बनाउन अर्थ संकलन कार्यक्रम गर्ने भएको छ । सो संस्था द्वारा जारि प्रेस विज्ञप्ति अनुसार अर्थ संकलन कार्यक्रम ३० जुन आइतवार अलउडमा रहेको एडिन प्लेसमा हुँदैछ ।

सन् २०१५ को बिनासकारी भुकम्पबाट क्षति भएको नुवाकोट जिल्लाको तादी गाउँपालीका वडा नम्वर १ मा रहेको गंगादेवी प्राथमिक विद्यालय पून: निमार्ण गर्न सहयोग गर्ने उद्देश्यले यो अर्थ संकलन कार्यक्रम हुन लागेको हो । एन ए ए का अध्यक्ष डा मधु पुडासैनीका अनुसार लायन्स क्लव अफ काठमाण्डौसँगको सहकार्यमा पाँचकोठे विद्यालय भवन निमार्ण भैरहेको छ । यस अघि लायन्स क्लव, विद्यालय ब्यवस्थापन समिति र एन ए ए बीच गएको बर्ष सम्झौत भएपछि ३१ हजार अस्ट्रेलियन डलरको सहयोग नेपाल पठाइसकेको छ ।

निमार्ण समग्रीमा मुल्यबृदी र अन्य खर्चका कारण विद्यालय भवन निर्माण खर्च बढेकोले थप सहयोगको लागि यो अर्थ संकलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष पुडासैनीले बताए । अर्थ संकलन कार्यक्रममा चर्चित कलाकारहरुद्धारा नेपाली गीत संगित, नृत्य, प्रहसनको साथै र्याफल र अक्सन पनि हुनेछ । यो कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम विद्यालय भवन निर्माणका लागि नेपाल पठाइने छ ।

कार्यक्रममा नेपाली दुतावास, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स, न्यु साउथ वेल्स सांसदका उप सभामुख मार्क कुरी, छाया बहुसास्कृतिक मन्त्री तथा सांसद सोफी कोटिस्ट स्थानिय काउन्सिलका काउन्सलरहरुको पनि सहभागिता रहने छ ।

नेपाली अस्ट्रेलियन एसोसिएसन सन् १९७६मा दर्ता भएको सबै भन्दा पुरानो नेपाली सामुदायिक संस्था हो ।संस्थाका अनुसार ,
यस अभियानका लागि थप जानकारी लिन आयोजक  मध्येका मधु पुडासैनीलाई ०४२३०८४२९७
मा  र ऋषि आचार्यलाई ०४५२४५१४८२ मा संपर्क गर्न सकिने छ

Comments

comments

सम्बन्धित शिर्षकहरु