मन छुने उत्प्रेरणात्मक हरफहरु

मन छुने उत्प्रेरणात्मक हरफहरु ;(उत्प्रेरणात्मक कृति ‘सुखसूत्र ‘ बाट सभार )

 

साधारण मान्छेहरु बांच्दै नबांचि मर्छन्, महान मान्छेहरु मरेर पनि बांचिरहन्छन्।

अरु सँग तुलना गरेर कहिल्यै दुख्नु छैन । घाम र जुनको कहिल्यै तुलना हुंदैन ! दुबै आ-आफ्नो पालोमा मज्जाले चम्किन्छन्। हाम्रो जीवनको नायक हामि आँफैं हौं।

जगतको गति, चेतनाको सचेतता र मनुष्यताको महत्व थाहा पाउंनेहरुले अरुको मानसिक दाषतामा अल्झिएर जीवन गुजार्नु पर्दैन । आँफैं भित्र खोज्दै जाउं , सारा उत्तर भेटिंदै जानेछन् ।
असल मित्र सँग बिग्रिएकै भए पनि सम्बन्ध सुधार्नु राम्रो । किनकि गुलियो रस, दिन वा रात जतिखेर चाखे पनि गुलियो नै रहन्छ ।

 

मानसिक शान्ति भन्दा ठुलो दुनियाँमा कुनै उपलब्धि छैन । योग रुपि वीज रोपौं , मानसिक शान्ति रुपि फल फलाउं!!

प्राप्ति वा गुमाई , दुवै स्थितिको सम दृष्‍टिमै सम्यकताको आनन्द । हर पेरिस्थितिलाई स्वीकार गर्दै जाउं ,जीवनलाई जित्न सकिने छ।

 

दूधमा मिसिएको पानी पनि सेतो रङ्गको बन्छ । जीवन पनि पानीका थोपाजस्तै हो । जस्तो रङ्गमा रंग्याउन चाहनुहुन्छ त्यस्तै रङ्गमा सजिदिन्छ।

“जसरी सूर्यमा प्रकाश छ, त्यसैगरी तपाईंभित्र पनि महापुरूष छ । आफूभित्र महापुरूष जगाएको दिन, तपाईंलाई दुनियाँकै नामी व्यक्ति बनाउन कसैले रोक्न सक्दैन । सिवाय, आलस्य–जुम्सो र अल्छ्याइँ .

जीवनको संरचना नै हरेक दिन फरक तर सम्यक तरिकाले अगाडि बढ्न बनेको हुन्छ । समाजलाई नयां दिशा वोध गराउंन अव हर बस्ति बाट जाग्नु छ ।
जहाँं -जहां रहनुस्, जीवनलाई उत्प्रेरित पार्ने अवसरहरु सँग जोडिंदै रहनुस् ।

झरेका र कुहिएका फल खोजेर नाक खुम्च्याउने वा पाकेर लटरम्म बनेका फल हेरेर मनलाइ आल्हादित पार्ने ,अवसर दुई वटै उपलब्ध छ्न् तर रोजाइ आफ्नै हो !
सबै चोट खानेहरु सफल हुंदैनन् ,सफल तिनै हुन्छन् जसले चोटखप्न जानेका हुन्छन् । हाम्रो जीवनका चोटहरू पनि अभिसाप होइनन् वरदान बन्न सक्नेछन्।संसारमा कोही पनि कहिल्यै पूर्ण हुन सक्दैन ।

 

तर, अपूर्ण हुँदैमा निरास हुनुपर्ने केही छैन ।अपूर्ण हुँदैमा सबै कुरा तहसनहस हुने पनि होइन !जे, जति उपलब्ध छ, त्यसैमा रमाउं !
कुनै पनि सफल र शक्तिशाली ब्यक्तिको जीवन सजिलो विगतको जगमा अडिएको हुंदैन । तसर्थ घाउका खतहरु हेरेर दु:खि हैन गौरवान्वित बन्नुहोस्। किनकि ती खतहरुउ नै तपाईंलाई सफल बनाउंने कारक बन्न सक्छन्

~~ आचार्य राजन शर्मा

 

उत्प्रेरणात्मक भिडियो हरुकोसँगालोका लागि यो लिङ्कमा अवश्य जोडीनु होला:

Comments

comments

सम्बन्धित शिर्षकहरु