मरेको होइन , झन उदाएकी छु !

(स्व.विदुषी माता श्री भागवति दाहालको स्‍मृतिमा)

मरेको होइन , झन उदाएकी छु !

म अस्ताएको होइन,
म त ,नयां संसारमा उदाए की छु ।
देखिएको सबै सत्य हुंदैनन्
म मरेको होईन , छोरी अंखामा बांध लागाउ
तिम्रो र्हिदयको भित्री कुनामा हेर त,
तिम्रो आशुंको मुहानमै पुगेर खोज त
सम्झनाको स्‍मृति भित्र,
म त अझ गहिरो संग बांचेको छु ।

तिमी अघाउंदा , आफु नै अघाए जस्तो गर्ने
हरेक घुर्किमा आंशु पुछ्दै ,तिमिलाई फकाउंने
तिम्री आमा म अब देखिने गरि
तिम्रो अगाडि कहिल्यै आउंदिन ,तर ,थाहा छ ,
अब तिमीले मलाई तिमी भित्र पाउंने छ्यौं ।
त्यसैले नरोउ छोरी, म मरेको छैन ।
तिमि र तिम्रो सन्तान भित्र नसा-नसामा
कुदेको प्राण मेरै अर्को रुप त हो ।
म सन्तान र दरसन्तानमा बगिरहने छु
चेतनाको विजहरुमा ,
जसरि प्रथम नारी ‘सतरुपा’ कुदिरहेकी छिन्
सभ्याताको जग देखि अहिले सम्म।

एउटा लीला थियो पूरा गर्नुं थियो , गरें , तिमीहरुले पनि
एकदिन पूरा गर्ने छौं, र यहि सम्झने छौ।
समाजले मलाई कालो र सेतो जे जस्तो टिका
दिए पनि मैले जीवनलाई कहिल्यै दोषि ठहराईन ।
किनकि म तिमीहरुलाई पनि मजबुत बनाउंन चाहन्थे
जस्तोकी दाग बोकेर पनि चन्द्रमा
आफ्नै अस्तित्वमा मुस्कुराउंन सक्छ ।
छोरी-छोरी मात्र , छोरा पाउंंन नसकेको
अपुत्री आमा को धब्बा लागेकि म ।
छोरो नै जन्माउंन नसके पनि
नातिहरु जन्माउंने छोरीहरु त जन्माएकै थिए ।
अपुत्री सँगै ‘विधवा’को धब्बा पनि थियो म सँग
समाजको छडीले कहिल्यै कमजोर बनिन,
बरु आफ्नो पन कहिल्यै छोडिन
जति पटक आगोमा खारे पनि सुनले
आफ्नो पन नछाडे जस्तै , म पीडाका विच पनि
मुस्कुराईरहें , किनकि मैले तिमी छोरीहरुलाई
कांडा विच पनि
फुल्न सिकाउंनु थियो ।

आमा हुनुको गरिमालाई यो धर्तीमा बढाई रहनु थियो।
त्यसैले नरोउ छोरी , सँगैं सधैंं बस्न नपाएकोमा
दु:ख होइन , जति-जति भए पनि साथ मिलेकोमा
ईश्वरलाई खुसीले कृतज्ञता चढाउंनु छ।
मरुभुमिमा एक्लै फुल-फुल्न सकेको कथा
सयौं कठिनाईका विच पनि हिम्मतमा परिणत भएको व्यथा
तिमीले पनी तिम्रा सन्तानलाई सुनाउंनु छ ।

शोक मेटेर
शक्त्तिमा जीवन सजाउंनु छ ,
त्यसैले नरोउ छोरी म नदेखिने र नसुनिने मात्र भएकि हुँं
तर म अनन्नतलाई देख्ने , हावा र प्रकाश भन्दा पनि द्रुत कुद्ने
सबैलाई एकै साथ कांखमा समेट्न सक्ने झन् शक्तिशाली पो बनेकोछु ।
शरीर बाट निष्कदां मात्र थोरै असजिलो भएको थियो ,
पुरानो लुगा फेर्दा केहीबेर छटपटाएकि मात्र हुँं छोरी ।
अहिले त म झन मुक्त्त छु । सताउंने केही छैनन्। न भोक ,
न निन्द्रा , न कामना , न वासना ।
न विधवा भन्ने समाज छ ,
न अपुत्रो भन्ने कोहि भेटिन्छ । न त ‘महिला ,
न त तल्लो जातकि , न त गरिव, न अनपढ ।
कसैले केहि भनेर नहोच्याउंने रहेछ यहाँं त ।
छोरा जन्माउंन नसके पनि , तोकिएका सिमाना भित्र नपरे पनि,
मात्र सत्यको बाटो पछ्याए पुग्ने रहेछ ।
तपको साधनामा जोडीइरहंदा ,

स्वर्गको दैलो त सबैको लागि खुला हुने रहेछ ।
म त सारा बन्धन तोडेर विमुक्त्त पो भएको छु ।

वास्तबमा मैले त मेरै स्थायी घर भेटेको छु ।

म अब शरीरको बन्धनमा छैन
त्यसैले नरोउ छोरी ,
तिमी भित्र तिमीलाई नै खोज त ,
म त्यहिं भेटिने छु ।
म मरेको छैन ,
डेरा मात्र सरेको ,
तिम्रो आंखा बाट मन मुटुमा तरेको ।
आंशुले हैन अब खुसीले अनुहार धुनु छ ।
झर्यो पात त के भो
मौसम मात्र फेरिएको छ
पुरानो पात बाट सरेको हरियाली बाटै
रुखले नयां पालुवा सजाउंदै जानुछ ।     ~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

Comments

comments

सम्बन्धित शिर्षकहरु