१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ। ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ ।

२०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे ६ अर्ब रुपैयाँ कर छली भएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्। राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिलेसम्म नक्कली भ्याट बिल बनाउने ३२ वटा कम्पनीका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरिसकेको जानकारी दिए ।

‘अन्य ४५ कम्पनी छानबिनका क्रममा छन्,’ उनले कान्तिपुरसित भने, ‘अदालतमा गइसकेको मुद्दामै बिगोको आकार करिब ५ अर्ब रुपैयाँ पुगिसकेको छ । अरू कम्पनीको अनुसन्धान सकिँदा यो अंक सहजै साढे ७ अर्ब रुपैयाँ पुग्छ ।’

नक्कली बिल उत्पादन गर्ने कम्पनीसँग बिल खरिद गर्ने कम्पनीमाथि छानबिन हुँदा थप त्यति नै राजस्व चुहावट भएको भेटिने विभागका अधिकारीहरूको भनाइ छ ।

राजस्वले पहिलो चरणमा २४ र दोस्रोमा ८ गरी ३२ वटा कम्पनीका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो । विभागले अनुसन्धानका क्रममा भेटिएका थप ४५ वटा कम्पनीमाथि पनि अनुसन्धान सुरु गरिसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु


  • वीरगन्जको घण्टाघर नजिकै परम्परागत किसिमबाट माटाका भाँडा तयार गरिँदै […]
  • प्यूठानमा जीप दुर्घटनाप्यूठानमा जीप दुर्घटना
    प्यूठान । प्यूठानको बड्डडाडामा जीप दुर्घटना भएको छ । हालै खनिएको नयाँ ट्र्याकमा जीप पल्टिएको त्यहाँबाट […]
  • कहिले पाउने न्यानो कपडा ?कहिले पाउने न्यानो कपडा ?
    पुस ८ । काठमाडौं, सिन्धुपाल्चोकका भूकम्पपीडित ठन्डीले जस्ताको अस्थायी टहरोभित्र गुडुल्किरहँदा उनीहरुका लागि […]
  • बसाईं सरेको छैन पहाड !
    ।। आदि कवि भानुभक्तको सम्झनामा शब्द श्रद्दा  ।।   - भीमसेन सापकोटा, सिड्नी, अस्ट्रेलिया । डांडा बाट […]
  • टीकापुर घटना मानवता विरूद्धको अपराधः रावल
    काठमाडौँ,  नेकपा एमालेका उपाध्यक्ष भीम रावल लगायत सुदूर पश्चिमका १५ सभासद्ले टीकापुर काण्ड मानवतावाद विरूद्ध […]
  • तस्करको कब्जामा १० अर्ब
    पुस २० । काठमाडौं,  भारतले लगाएको नाकाबन्दीपछि बढेको इन्धन कालोबजारीले १० अर्बभन्दा बढी नेपाली रुपैयाँ […]